आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति पनि ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । भोलि प्रदेश-१, बागमती र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा आग्रह गरिएको छ । ।



विभागका अनुसार हाल मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । अहिले देशभर आंकिशदेखि समान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार