नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत अर्का एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए ।
उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । डा। गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनको पुनस् गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ । यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो ।
कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
