नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका ५ जिल्लामा गरी आइतबार बिहानै ८० जनामा कोरोना संक्रमित थपिएका छन्। वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्साका ४५ र बाराका दुई गरी ३७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
यस्तै चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा राति अबेर गरिएको परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।
त्यस्तै गण्डकी प्रदेशका कास्कीका ५ र तनहुँ १ गरी ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।
