मोटरसाइकल नदीमा खस्दा एकजनाको मृत्यु, एक बेपत्ता

दाङमा मोटरसाइकल सानो नदीमा खस्दा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन्।

शनिबार राति लमहीबाट गढवा जाँदै गरेको लु ५७ प ८८०० नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ५, ४ र ६ को सिमानामा पर्ने सानोनदीमा खस्दा दुर्घटना भएको हो ।



दुर्घटनामा परेर गढवा –७ चन्दनपुर निवासी सुरजनारायण चौधरी मृत्यु भएको र सोही ठाउँ निवासी २७ वर्षीय मनोज चौधरी फेला नपरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्जवल थपलियाले जानकारी दिए ।

 

सम्बन्धित समाचार