नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको गए राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको एक घण्टा पछि नै उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो । विराटनगरमा उपचार सुरु गर्नुअघि उनले भारतमा उपचार गराएको पाइएको छ ।
उनलाई श्वाँसप्रश्वाँस, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डाक्टर सापकोटाले जानकारी दिए ।
