पत्रकार प्रकाश सुवेदीबिरुद्ध कलाकारहरु एकजुट

अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन् ।

कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले सो घटनाको विरोध गरेको हो ।



एपी वान टेलिभिजनको कार्यक्रम रजतपटमा नायिका पूजा शर्मालाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर विरोध भएपछि प्रस्तोता सुवेदीले माफी मागेका थिए । उनले माफी मागे पनि त्यो माफी जस्तो नै नरहेको भन्दै नायिका शर्माले प्रतिक्रिया दिएकी थिइन् । उनले उजुरी समेत दिएकी छन् ।

तर कलाकार तथा चलचित्रका सात संगठनले विज्ञप्ति जारी गरेर ‘रजतपट’ र ‘ग्लामर गफ’ कार्यक्रममा सहभागी नहुन चलचित्रकर्मीलाई आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार