नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

धनुषामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ जना पुगेको छ।
शुक्रबार जनकपुरधामको काव्या होस्पिटलमा मृत्यु भएका पुरुषको स्वाक संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
डाइविटिजका रोगी रहेका सो पुरुषको सुगर लेवल हाइ रहेको र अक्सिजनको लेवल कम भएपछि शुक्रवार उनलाई जनकपुरधामको काव्या हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिवार विहान ८ बजे उनको मृत्यु भएको थियो । मृतकका कुनै ट्राभल हिस्ट्री छैन् ।
