के खानाबाट पनि सर्छ कोरोनाभाइरस ?

केही दिनअघि मात्र चीनमा पहिलो पटक कुखुराको मासुमा कोरोनाभाइरस संक्रमण देखिएको समाचार आयो । यसका कारण विश्वभर मात्र होइन, नेपालमा पनि थप डर र त्रास सिर्जना भयो ।

कुखुराको मासुमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि पछि खानाबाट पनि मानिसमा कोरोनाभाइरस संक्रमण हुनसक्ने अनुमान गर्न थालियो । ६ महिना यता विश्वलाई त्रसित र आतंकित बनाएको कोरोनाभाइरस खानाबाट पनि सर्न थाल्यो भने विश्वमा झन् भयावह स्थिति आउने अनुमान गर्न थालियो ।



अमेरिकामा केही दिन यता गरिएको एक रिसर्चमा मानिसहरुमा अब विश्व महामारी कोरोनाका कारण मानसिक समस्या बढ्दै जान थालेको छ । फेरि बेलाबेलामा आउने यस्ता समाचारले त्रास झन् बढाएको छ । यो मानसिक समस्या पछिल्लो समय युवाहरुमा बढी देखिन थालेको सिएनएनमा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ ।

अहिलेसम्म कुनै भ्याक्सिन नबनेकाले पनि कोरोनाको त्रास झन् बढ्न थालेको हो । भ्याक्सिन पनि नबनिसकेकाले यस्तो समयमा के गर्ने त रु यसको एउटै उपाय छ, यसबाट जोगिन सक्दो धेरै सतर्कता अपनाउने ।

तर, जब खानामा नै कोरोना संक्रमण पुष्टि हुन्छ, यस्तो समयमा कसरी सतर्कता अपनाउने रु यसका लागि पहिले विश्वभर वैज्ञानिकहरुले गरेका रिसर्च र अध्ययन हामीले बुझ्नु पर्ने हुन्छ । स्वास्थ्यविद् तथा वैज्ञानिकहरुले भनेका छन्, ‘अहिलेसम्म कोरोनाभाइरस संक्रमण खानाबाट सरेको कुनै प्रमाण भेटिएको छैन ।’

त्यसैले, ब्राजिलबाट ल्याइएका कुखुराका विङ्समा कोरोनाभाइरस देखिँदा पनि आत्तिन नपर्ने विश्वभरका वैज्ञानिकहरुले बताउन थालेका छन् । हो, चिनियाँ अधिकारीहरुले कुखुराको मासुमात्र होइन, विदेशबाट आयात गरिएका अन्य खानेकुरामा पनि कोरोना परीक्षण गरेका थिए ।

तर, कोरोना पुष्टि भएकै कुखुराको मासुको सम्पर्कमा आएका मानिसहरुमा पनि कोरोना संक्रमण भएको पाइएको छैन । त्यसैले चीनमा कुखुराको मासुमा कोरोना देखिँदैमा आत्तिनु नपर्ने तर्क गरिएको छ ।

अमेरिकी चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. आयन विलियम्सले पनि यो मानिसको स्वासप्रश्वास वा र्यालबाट सर्ने भएकाले आत्तिनु नपर्ने बताएका छन् । उनले अहिले विभिन्न खानेकुरामा कोरोना संक्रमण देखिए पनि आत्तिनु नपर्ने बताएका छन् ।

सम्बन्धित समाचार