
कपिलवस्तुमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । मायादेवी गाउँपालिका ८, सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा हरिरामसहित ३ जना घाइते भएका थिए ।
प्रहरी चौकी गुलरीबिजुवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको थियो । अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
