नवकान्तिपुर संवाददाता
जनकपुरधाम, १ भदौ ।

कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।
प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड १९ विशेष अस्पतालमा उपचाररत्त रहेका धनौजी गाउँपालिका वडा नम्बर ३ धनौजी कटैयाका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । श्वासप्रश्वास, रुघाखोकीबाट ग्रस्त रहेका संक्रमित पुरुषको मृत्यु भएको कोभिड १९ विशेष अस्पतालका प्रमुख डा. जामुनप्रसाद सिंहले बताए ।
मृतक साउन ३१ गते अस्पताल भर्ना भएका थिए । निमोनिया समेत रहेका सो पुरुषको मृत्यु भएसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
