
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ३९ जना, ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभरि ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ए पीएफ अस्पतालमा गरीएको परिक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो। विध ल्याबमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ६ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै वीर अस्पतालमा काठमाडौँका ११ जना, धुलिखेल अस्पतालमा काठमाडौँका २ जना र ह्याम्स अस्पतालमा भक्तपुरका २ तथा काठमाडौँका १६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा भक्तपुरका १, काठमाडौाका ४ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका २० तथा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै वीरेन्द्र अस्पतालमा काठमाडौँका ७ जनामा संक्रमण पुष्टि भएको छ भने स्टार अस्पतालमा भक्तपुरका २, काठमाडौँका ७ तथा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको हो भने सुर्या ल्याबमा भक्तपुरका १ तथा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै स्टार अस्पतालमा भक्तपुरका २, काठमाडौँका ७ तथा ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका २० तथा ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा भक्तपुरका १ तथा काठमाडौँका ११ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १७ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसका साथै नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ९ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि आइतबार काठमाडौं उपत्यकामा एक सय ७२ जना कोरोना संक्रमित थपिएका थिए ।
