एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ का कारण गत चैत ५ गते एसइई परीक्षा स्थगित भएको थियो। एसइईमा करिब ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने तयारीमा थिए। कोरोना भाइरस संक्रमणका कारण यसवर्ष विगत जस्तो परीक्षा भएन। विद्यालयले नै गरेको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको हो।



परीक्षााफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म भर्ना गर्न पाइने छैन। परीक्षाफल प्रकाशन गर्दा कुनै त्रुटी भए सच्याउनका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय आउनैपर्ने बाध्यात्मक व्यवस्था समेत हटाइएको छ। नतिजा प्रकाशन भएको ३५ दिनभित्र विद्यार्थीले फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ।

कसरी हेर्ने नतिजा ?

बोर्डका अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडीयू सञ्जाल डटकममार्फत पनि नतिजा हेर्न सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार