नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदाै ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४२ हजार १२८ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार २१८ पुगेको छ । संक्रमितमध्ये १ करोड ४७ लाख ८५ हजार ५१४ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ४९ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४४७ जनाको मृत्यु भएको छ । २५ हजार ७९७ जना संक्रमित भएकोमा १६ हजार २९० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने २७ हजार २४१ जनामा संक्रमण देखिएकोमा १०७ जनाको निधन भैसकेको छ । १७ हजार ४९५ जना भने उपचारपछि निको भएका छन् ।