एकै दिन कोरोना संक्रमणका कारण मर्ने संख्या अहिलेसम्मकै धेरै

नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सातजनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ ।

स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन । गौतमका अनुसार मृत्‍यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहुँ जिल्लाका एक महिला रहेका छन् ।



यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा मात्रै २०५ जनामा कोरोना संक्रमित भेटिएको छ ।

सम्बन्धित समाचार