एनआईसी एशिया बैंकद्वारा १ करोड ७ लाख ५९ हजार सहयोग

एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

बैंकले यस अघि समेत देशका सातै प्रदेश सरकारलाई रू. १५-१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट रू. १० लाख र कर्मचारीको तर्फबाट रू. ५ लाख समावेश गरी रू. १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।



साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा करिब रू. ४८ लाख बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार