युट्युब भिडियोको गीतमा राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ६ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका छन् । उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो ।



उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ । भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन् ।

सम्बन्धित समाचार