गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



नेपालमा बितेको २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म १७ हजार ७ सय कोरोना मुक्त भइ घर फर्किएका छन् । जसमध्ये बितेको २४ घण्टामा १ सय २० जना कोरोना मुक्त भइ घर फर्किएका हुन् ।

सम्बन्धित समाचार