कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार काठमाडौँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाको कोरोनाबाट मृत्यु भएको हो ।



यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार