
निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमका अनुसार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी नियन्त्रणमा लिइसकिएको छ ।
उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको छ। अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार रातिदेखि एक साताका लागि तीनवटै कडा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए ।
यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ । उनीहरुलाई सडकमै एक घण्टा उभ्याएर पठाइएको कार्यालयले जनाएको छ ।

