अस्पतालले भर्ना लिन नमानेपछि जनकपुरधाममा एक युवकको मृत्यु

अस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि जनकपुरधाममा पुनः एक युवकको मृत्यु भएको छ । किडनीमा समस्या भएर मंगलवार दिउँसो एम्बुलेन्समा चढेर उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा अस्पतालले भर्ना लिन नमानेपछि धनुषाको सबैला नगरपालिका वडा नं. २ का ३२ वर्षीय प्रमोद महतोको मृत्यु भएको हो ।

मंगलबार उपचारको लागि एम्बुलेन्स चढेर प्रमोदका बृद्ध आमाबुवा अस्पताल ल्याएका थिए । प्रमोदलाई डाइलसिस कक्षमा उपचारकालागि लाने प्रयास गर्दा अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले विरामीको अवस्था देखेर उनलाई भित्र छिर्न दिएका थिएन् ।



उनको आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारकालागि बिन्ती गरेपनि उपचार नगरेको प्रमोदको बुवा जेगेन्द्र महतोले बताए ।

गम्भीर सिकिस्त भएका छोराको अवस्था जटिल हुँदै गएपछि छिटो डाइग्नोसिस गर्नुपर्ने भन्दै उनका आमाबुवाले डाक्टरसमक्ष पटक पटक आग्रह गरेपनि नसुनेपछि गाउँका ठूलाबडा नेतालाई समेत फोन गरेर डाक्टरलाई उपचार गर्न भनाउँदा समेत डाक्टर तथा स्वास्थ्यकर्मीले भर्ना लिन नमानेको प्रमोदको बुवाले बताए ।

 

सम्बन्धित समाचार