
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

