नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्दो, कति पुग्यो ?

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ जना र ललितपुरमा १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।



पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित समाचार