
राजधानीको सितापाइलामा एक युवतीलाई एसिड प्रहार गरेको आरोप लागेका दुई जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । गत साउन ८ गते सितापाइलामा ओखलढुंगाकी एक युवतीलाई आलमको योजनामा मुन्नाले एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
यसैगरि अदालतले एसिड प्रहारमा परेकी युवतीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ ।

