बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोरोनाबारे थप रणनीति सार्वजनिक हुने !

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको जानकारी दिए ।

यसअघि नियमित रूपमा सोमबार मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो । योपटक विहीबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका हुन् । देशमा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ ।



कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि बिहीबारदेखि उपत्यकाका ३ वटै जिल्लामा एक साता निषेधाज्ञा घोषणा भएको छ । ४ महिना लामो लकडाउन अन्त्य भए पनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ ।

सम्बन्धित समाचार