नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदाै ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ६० हजार १८४ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजार १०५ पुगेको छ । संक्रमितमध्ये १ करोड ५५ लाख १५ हजार ६८१ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५०५ जनाको मृत्यु भएको छ । ३२ लाख ८६ हजार ५६० जना संक्रमित भएकोमा १९ लाख ५२ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५४ हजार ५७५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख ८४ हजार १८५ पुगेको छ । त्यसमध्ये ३७ लाख ९२ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ । ६० लाख २४ हजार १११ जना संक्रमित भएकोमा ४७ लाख १७ हजार २१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८३ हजार ९०८ जनाको मृत्यु भएको छ । ५५ लाख ७१ हजार ६४१ जना संक्रमित भएकोमा ४१ लाख ४४ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २७ हजार २२ जनाको ज्यान गएको छ भने ११ लाख ६२ हजार ३९२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ८४ हजार ४८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९० जनाको मृत्यु भएको छ । २६ हजार ५२४ जना संक्रमित भएकोमा १९ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने २९ हजार ६४५ जनामा संक्रमण पुष्टि भएकोमा १२६ जनाको निधन भैसकेको छ । १७ हजार ९६४ जना भने उपचारपछि निको भएका छन् ।