नवकान्तिपुर संवाददाता
रुपन्देही, ५ भदौ ।

रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । उनको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टिनमा बसेका थिए ।
त्यहि क्रममा गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले जानकारी दिए । उनी दमका दीर्घरोगी र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेका बिरामी रहेको अस्पतालले जनाएको छ ।

