वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण पर्सामा थप एक जनाको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुवरी टोल बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

संक्रमण पुष्टि भएर वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा शनिबार बिहान ७ बजेतिर मृत्यु भएको हो । भदौ ३ गते ती पुरुषको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो।



मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री समेत नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । यसअघि शुक्रबार साँझ पनि वीरगञ्जमा एकजनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार