अमेरिकामा ७५ करोड लामखुट्टे किन वातावरणमा छाड्ने निर्णय गरियो?

अमेरिकाको फ्लोरिडा राज्यमा आनुवांशिक रूपमा परिवर्तन गरिएका ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरिएको छ । डेंगु, जिका भाइरसजस्ता संक्रमण फैलाउने लामखुट्टेको संख्या घटोउने भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय अधिकारीले बताएका छन् । यो निर्णय गर्नुअघि व्यापक छलफल गरेर गरिएको उनीहरूको भनाइ छ।

तर वातावरणविद्हरूले भने यसले वातावरणमा क्षति पुर्‍याउने चेतावनी दिएका छन् । यसबाट अर्को प्रतिरोधी लामखुट्टे पैदा हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । तर यस योजनामा सहभागी कम्पनीले सरकारी शोधकर्तालाई उधृत गर्दै यसबाट मानिस र वातावरणलाई कुनै असर नपार्ने दाबी गरेको छ ।



यो योजना सन् २०२१ मा फ्लोरिडा किज (टापुको रेखा) मा लागू गर्ने योजना छ। स्थानीय नियामक निकायले अनुमति दिएको धेरै महिनापछि योजना लागू गरिनेछ ।

त्यो लामखुट्टे कस्तो हो ?

यूकेस्थित ओक्सिटेक कम्पनीको अमेरिकी वातावरण एजेन्सीले आनुवांशिक रूपमा परिवर्तन गरिएको एडिज इजेप्टाई नामको पुरुष लामखुट्टे विकास गरेको छ। जसलाई ओएक्स ५०३४ का नामले पनि चिनिन्छ ।

एडिज इजेप्टाई लामखुट्टेले मानिसमा डेंगु, जिका, चिकनगुनिया र ज्वरोजस्ता घातक रोग फैलाउँछ । तर यस जातका पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनकि उनीहरूलाई अन्डा पार्न मानिसको रगत आवश्यक पर्छ ।

तसर्थ उक्त योजनाको उद्देश्य पुरुष लामखुट्टे फैलाउनु हो, जसले जंगली पोथी लामखुट्टेसँग संसर्ग गरी नयाँ नश्ल पैदा गर्नेछन् । यी पुरुष लामखुट्टेमा एक प्रकारको प्रोटिन हुन्छ जसले पोथी लामखुट्टेलाई मानिसलाई टोक्न सक्ने हुनुभन्दा अघि नै मारिदिन्छ । बीबीसी

सम्बन्धित समाचार