आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।



आज दिउँसो गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

सम्बन्धित समाचार