नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
कोरोना भाइरस ‘कोभिड १९’ का कारण हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । रोयटर्सका अनुसार दुई हप्तायताको मृतक संख्यालाई मध्येनजर गर्दा विश्वभर हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भएको देखिएको छ।
दुईहप्ताको तथ्यांकलाई हेर्दा हरेक एक घण्टामा विश्वभर २४६ को मृत्यु भइरहेको छ । वर्ल्डोमिटरका अनुसार कोरोना भाइरसका कारण हालसम्म २ करोड ३३ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ ।