मानव अधिकार तथा शान्ति समाजको निष्कर्षः चेपाङ युवकको मृत्यु सेनाको बर्बर यातनाबाट

मानव अधिकार तथा शान्ति समाजले चितवनको राप्ती नगरपालिकामा एक चेपाङ युवकको मृत्यु नेपाली सेनाको चरम र बर्बर यातनाबाट भएको निष्कर्ष निकालेको छ ।

साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको बर्बर यातनाबाट भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।



अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समाजले उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको छ ।

उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुन सम्मत कारबाही गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार