
महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन् ।
पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा राखेको अवस्थामा १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फेला परेको हो ।
फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

