नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।
सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता ‘प्रिमियम बचत खाता’ योजना ल्याएको छ । यस अन्तर्गत बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस बचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ ।
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरूले निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहक लाभान्वित हुने कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा-योजनाहरू प्रदान गर्दै जाने पनि उल्लेख छ ।