नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उन फेरि गम्भीर बिरामी परेको खबर सार्वजनिक भएको छ । उनी अहिले कोमामा रहेकाले उत्तर कोरियाको शासन सत्ता उनकी बहिनी किम यो जोङले सम्हाल्न थालेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डे जुङलाई उधृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
केही दिनअघि मात्र किमले आफ्नी बहिनी यो जोङलाई थप अधिकार दिएर शक्तिशाली बनाएको खबर सार्वजनिक भएको थियो । न्युयोर्क पोस्टका अनुसार पूर्वराष्ट्रपति किम डे जुङले दक्षिण कोरियाका सञ्चारमाध्यमसँग ‘मैले थाहा पाएअनुसार उनी (किम जोङ उन) कोमामा छन्’ भनेका छन् । उनले जासुसमार्फत आफूले यो गोप्य कुरा थाहा पाएको दाबी गरेका छन् ।
यसअघि पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा किमको मृत्यु नै भएको खबर आएका थिए। तर पछि उनी सार्वजनिक भएका थिए ।