नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदाै ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ । दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो ।
दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको भन्दै भोलिका लागि भेटवार्ता गर्ने भन्दै प्रचण्डलाई फोन गरेका थिए । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।