झण्डा जलाउने कार्यको समर्थनमा उत्रेका कांग्रेसका नेतालाई कारबाही गर्ने कांग्रेसकै चेतावनी

नेपाली कांग्रेसले झण्डा जलाइएको गीतको म्युजिक भिडियोलाई लिएर सो कार्यको समर्थनमा आफ्ना नेता लागेको भए त्यसको छानबिन हुने र त्यस्तो भएको पाइएमा कारवाही गर्ने बताएको छ ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्यसमेत रहेका आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष जगतबहादुर बरामसहितका नौ आदिवासी संगठनको नेतृत्वले झण्डा जलाइएको घटनाको बचाउ गरेपछि कांग्रेले त्यसबारे छानबिन हुने बताएको हो ।



आफ्नै पार्टीमा आबद्ध व्यक्ति झण्डा जलाउने र त्यस्ता कार्यको समर्थनमा उत्रनेलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले देशको राष्ट्रिय झण्डा जलाउने र घृणा फैलाउने कार्यलाई कांग्रेसका कुनै पनि सदस्यले समर्थन गर्न नसक्ने प्रष्ट पारे ।

उनले भने, ‘झण्डा जलाउने जस्तो कार्यलाई कांग्रेसले समर्थन गर्न सक्दैनँ। यदि हाम्रा पार्टीका सदस्य त्यसमा सहभागी भएको भए छानबिन गरेर काबारही गर्छौँ ।’ भदौ १ गते मंगोल ग्याल्ज ली नाम गरेर्का यापरले ‘देशद्रोही’ नामक गीत युट्युब मार्फत सार्वजनिक गरेका थिए, जसमा नेपालको राष्ट्रिय झण्डा जलाइएको थियो र घृणा तथा आपसी विभाजनलाई बढावा दिने खालका शब्द प्रयोग भएको थियो ।

त्यसपछि गायकसहित १० जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा पक्राउको विरोध गर्दै झण्डा जलाउने कार्यको बचाउ गरेका हुन् ।

सम्बन्धित समाचार