
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा सोमवार थपिएका २२४ जना संक्रमित मध्ये १७७ जना संक्रमित काठमाडौंमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (सोमवार) थप ७४३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

