भारतीय कांग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छिन् । उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरेको श्रोतले जनाएको छ ।

केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उनले ‘पूर्णकालिन र देखिने अध्यक्ष’ चयन गर्न आग्रह गरेकी हुन् । उनले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताइन् । बैठकमा गान्धीपछि बोलेका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोलेका थिए ।



उनीहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गरे । श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाएकी थिइन् । बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गरेका थिए ।

पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उनले ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार