कोरोनाका कारण काठमाडौँ महानगर–२१ का कांग्रेस उम्मेद्वारको निधन

कोरोनाका कारण काठमाडौँ महानगरपालिका वडा २१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको निधन भएको छ ।

वडा २१ कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको काठमाडौँ कांग्रसका सचिव राजकुमार नकर्मीले जानकारी दिए ।



उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट वडा अध्यक्षको प्रत्यासी थिए ।

संक्रमणका कारण उनको केही दिनदेखि अवस्था चिन्ताजनक थियो ।

सम्बन्धित समाचार