
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बिहान बालुवाटार गएका थिए । अध्यक्षद्वयबीच भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको छ ।
यसअघि गत भदौ १ गते सचिवालय बैठक बसेको थियो । सो बैठकले कार्यदललाई अनुमोदन गरेको थियो । कार्यदलले गत शनिबार नै आफ्नो प्रतिवेदन बुझाइ सकेको छ । अध्यक्षद्वयले अध्ययन गरिरहेको प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीमा छलफल गराइने छ ।

