
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार काठमाडौँको बसन्तपुरका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएपछि साउन ३१ गते अस्पतालमा भर्ना भएको उनको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालका प्रवक्ता डा। प्रविन नेपालले बताए ।
उनले भने, ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ । उहाँ दिर्घ रोगी हुनु हुन्थ्यो । मुटुको समस्या, प्रेसर, मुधुमेहको रोगी हुनुहुन्थ्यो ।’ उनीसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ५८ पुगेको छ ।

