
कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी दुर्घटना भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छन् ।
राठौरले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए । ‘पाँच जना डिस्चार्ज भइसकेका छन् भने दुई जना अब्जर्भेसनमा छन्’, राठौरले भने ।

