फिल्म हलहरु पुनः सञ्‍चालनमा आउँदै

कोरोना महामारीका कारण पछिल्लो पाँच महिनादेखि बन्द रहेका दक्षिण अफ्रिकाका हलहरु पुनः सञ्‍चालनमा आउने भएका छन् । पहिलो संयुक्त पहलमा गैर प्रतिस्पर्धी मोर्चासहित अगस्त २८ देखि सिनेमा घरहरु खुल्न लागेका हुन् । दक्षिण अफ्रिकाका सबै चलचित्र प्रदर्शक, चलचित्र वितरक र अन्तर्राष्ट्रिय स्टुडियो प्रतिनिधिहरु र अन्य सरोकारकर्ताहरु पछिल्लो केही महिनादेखि गैर–प्रतिस्पर्धी शर्तमा हलहरु पुनः सञ्चालनमा ल्याउन तयारी गरिरहेका थिए ।

सिनेमा चेनले दक्षिण अफ्रिकी सरकारसँग सिट नम्बरको विषयमा आफ्नो निर्णय परिवर्नत गर्न माग गरिरहेको छ । सरकारले प्रत्येक चलचित्र प्रदर्शनीमा हलमा बढीमा ५० जना मात्रै दर्शक राख्‍न मिल्ने निर्णय गरेकोमा हल सञ्‍चालकहरुले यसको साटो ५० प्रतिशत दर्शक मात्रै राख्‍न पाउने नियम ल्यान आग्रह गरिरहेको छ ।



हल सञ्‍चालकका अनुसार ३०० भन्दा बढी सिट हुनेमा १०० जना भन्दा कम दर्शक मात्रै राख्दा धेरै फरक पर्नेछ । हल सञ्‍चालकहरुले दर्शकलाई हलमा निम्तो दिँदै पछिल्लो केही हप्ता देखि ‘पुनः ठूलो पर्दामा फर्किने समय’ भन्ने नारा रेडियो, टेलिभिजन र बिलबोर्ड तथा सामाजिक सञ्जालमा प्रशारण गरि विज्ञापन गरिरहेका छन् ।

संक्रमणको जोखिम कायमै रहेका कारण आवश्यक सबै सुरक्षाका उपाय र सरकारले दिएको निर्देशन पालनागर्दै हलहरु सञ्चालनमा आउने भएका हुन् । जसमा हलको प्रवेशद्वारमा शरिरको तापक्रम नाप्ने, हल कर्मचारी तथा दर्शकलाई अनिवार्य मास्क, र भौतिक दुरीका लागि १.५ मिटरको दुरीमा सिटको व्यवस्था गरिएको छ । साथै प्रत्येक चलचित्र प्रदर्शनी पश्चात हललाई स्यानिटाइज र सफा गरिनुपर्ने छ ।

२८ अगस्तदेखि नयाँ हलिउड चलचित्रहरु प्रर्दशन गरिनेछ भने बलिउड चलचित्रहरु भने केही हप्तापछि मात्रै प्रदर्शन गरिने छ ।

सम्बन्धित समाचार