नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरियो: मुख्यमन्त्री पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले गौरवपूर्ण आन्दोलनको जगमा टेकेर नै भविष्यलाई सुरक्षित गर्नुपर्ने उल्लेख गरेका छन्। सरकारले सार्वजनिक नियुक्तिमा आफ्ना नातागोता र विचौलियालाई नियुक्त गरेको भन्दै विरोध भएपछि पोखरेलले सरकारको बचाउ गरेका हुन्।



उनी लेख्छन्-‘नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरिदैछ। गौरवपूर्ण आन्दोलनको जगमा टेकेर नै भविष्यलाई सुरक्षित गर्ने हो।’

सम्बन्धित समाचार