प्रसिद्ध अभिनेत्री तथा चलचित्र निर्देशकमाथि गोली प्रहार

अफगानिस्तानकी अभिनेत्री तथा पहिलो महिला निर्देशक सबा सहरमाथि गोली प्रहार भएको छ । ४४ वर्षीया सहरलाई तत्कालै अस्पताल पुर्‍याइए पनि उनको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको बीबीसीले जनाएको छ ।

सहर राजधानी काबुलमा काममा गइरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको उनका श्रीमान् इमाल जाकीले बताएका छन् ।



उनका दुईजना अंगरक्षक पनि घाइते छन् । सहर अफगानिस्तानकी चर्चित अभिनेत्री हुन् । उनले महिला अधिकारका लागि अभियानसमेत चलाइरहेकी छन् । कारमा पाँचजना सवार रहेको र एक बालक तथा चालकलाई कुनै चोट नलागेको जनाइएको छ । ९बीबीसी०

सम्बन्धित समाचार