कुलमानका ‘फेक अकाउण्ट’ बाट कुलमानको कार्यकाल थपेको भन्ने दुष्प्रचार

आफ्नो नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसिङले भन्नुभएको छ, ‘मेरो फेक अकाउनण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको जानकारी गराउँदछु ।’



घिसिङका फेसबुकमा र ट्विटरमा भएका नक्कली अकाउन्टबाट विभिन्न गलत सूचना फैलिइरहेका छन् । मंगलबार पनि मन्त्रीपरिषद्ले कार्यकारी निर्देशकको पद चार वर्ष थपेको भन्दै नक्कली ट्विटर अकाउन्टबाट समेत प्रचार भएको थियो ।

https://www.facebook.com/permalink.php?story_fbid=1419650061561690&id=100005501296952

सम्बन्धित समाचार