उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । जसअनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १६४ जनाको मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

 

सम्बन्धित समाचार