नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।

नेपालमा पछिल्लो २४ घन्टामा २९९ महिला र ५८६ जना पुरुष गरी देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन् । थप ३८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै डिसचार्ज हुनेहरुको संख्या १९ हजार ५०४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, काठमाडौँमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टायता थप ११ जनाको कोरोनाकै कारण निधन भएको छ । यससँगै नेपालमा हालसम्म १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
