नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदाै ।
सरकारले ६० जना सह-सचिवको एकैपटक सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सह-सचिवको सरूवा भएको जनाएको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ।
तयसैगरी सहमहालेखा नियन्त्रक रमेश शिवाकोटीलाई गृह मन्त्रालय पठाइएको छ। गृह मन्त्रालयबाट महेश आचार्य अर्थ मन्त्रालय आएका छन्। पर्यटन मन्त्रालयका सहसचिव कमल भट्टराईको सरूवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा सरूवा भएको छ। बागमती प्रदेशका भगिरथ पाण्डेको सरूवा अर्थ मन्त्रालयमा भएको छ।
हेर्नुस् को कता ?