जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेको हो ।



मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ ।

अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ ।’

सम्बन्धित समाचार